मादलको खरि टिम सम्मानीत

Jan 18th, 2021

काठमाडौ, माघ ५

सामजिक बिसङ्गति बिरुद्धको आवाज टेलिफिल्म मादलको खरीलाई गाउँ सहरमा रुचाइन थालिएको छ । रमाइलो टिभीबाट प्रसारण भइरहेको यस टेलिफिल्मले चर्चा परिचर्चा बटुल्दै गर्दा भोजपुरमा सम्मानीत भएको छ ।

\भोजपुरको अरुण गाउँपालिका वडा नं. ७, सिक्रेटारमा आयोजित मादलको खरी विशेष सम्मान एवं साँस्कृतिक कार्यक्रममा लेखक÷निर्देशक किसोर अनुराग, छायाँकार आनन्द प्रभाकर घिमिरे, निर्माता सेलिब्रेसन स्टूडियोलाई सम्मानीत गरियो । कलाकार ईश्वर बल्लभ उप्रेती, रोजि कुवर, सुरत विष्ट, भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ज्ञानेन्द्र कोइराला, समीर राई, आशिष क्षेत्री, आईशा राई सहितका कलाकार र प्राविधिक टिमलाई अबिरजात्रा गरी सम्मानपत्र प्रदान गरियो । कार्यक्रमको सुरुवातमा स्थानीय बालन नाचले स्वागत गरिएको थियो ।

जीवन थापाको संयोजकत्वमा स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मञ्चन गरिएको थियो । मादलको खरी टिमका कलाकार ईश्वर बल्लभ र रोजि कुवरको युगल नृत्य, सुरत विष्टको क्यारिकेचर र सारङ्गि प्रस्तुति सहित स्थानीय कलाकारको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

हाल भोजपुर जिल्लाको विभिन्न स्थानमा छायांकन गरी स्थानीय कलाकार र संस्कृतिलाई समेत विशेष महत्वका साथ उक्त टेलिफिल्ममा स्थान दिँदा भोजपुरको भौगोलिक र सांस्कृतिक गरिमा अभिबृद्धी हुनेमा विश्वस्त रहेको सिक्रेटारका वडा अध्यक्ष डिल्लीराम अधिकारिले बताए । भोजपुरको अरुण गाउँपालिकालाई पर्यटकीय स्थानमा परिणत गर्ने अभियानलाई यो कार्यक्रम र मादलको खरिले सहयोग पुर्याउने सम्मान कार्यक्रमको प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले विश्वास व्यक्त गरिन ।