• गृहपृष्ठ
  • समय समाज राष्ट्रिय साप्ताहिक पत्रिका १६ औं बर्ष प्रवेश,क्रियाशिल पत्रकारिता पुरस्कार थापालाई

समय समाज राष्ट्रिय साप्ताहिक पत्रिका १६ औं बर्ष प्रवेश,क्रियाशिल पत्रकारिता पुरस्कार थापालाई

Jan 17th, 2021

भक्तपुर, माघ ४

बिगत १५ बर्षदेखि भक्तपुरबाट प्रकाशित हुँदै आएको समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १६ औं बर्ष प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

समय समाज प्रकाशन प्रा.लि.ले आयोजना गरेको उक्त कार्यक्रममा अनवरत रुपमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापालाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

कार्यक्रममा बागमति प्रदेश सभा सदस्य शशीजंग थापाले उहाँलाई दोसल्ला ओढाएर भादगाउँले टोपी लगाई नगद रु. पाँच हजार ५५५ रुपियाँ सहित क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गर्नु भएको हो । त्यसैगरी समय समाज पत्रिकाको व्यवस्थापक सृजना खतिवडालाई नगद रु. २ हजार पाँच सहित उत्कृष्ट कर्मचारी पुरस्कार एवं सम्मान गरिएको छ ।

प्रदेश सभा सदस्य थापाले समाचारको मर्म बुझेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै सत्य, तथ्य, निष्पक्ष र बस्तुनिष्ट भएर पत्रकारले समाचार सम्प्रेषण गर्दा मात्र समाचार समाजको बास्तविक ऐन बन्न सक्ने बताउनुभयो ।

पत्रकारले कसैलाई अनावश्यक प्रंशसा गरेर देवत्वकरण गर्ने र कसैलाई अपमान हुने गरी समाचार लेख्न हँुदैन भन्दै उहाँले प्रत्येक समाचारको जवाफदेहिता हुनुपर्ने औंल्याउनुभयो । “पत्रकारिता सज्जनका लागि घर र दुर्जनका लागि डर हुनुपर्छ तर कालो चश्मा लगाएर हेर्दै सबैलाई कालो देखेर लेख्न हँुदैन, बास्तविकताको गहिराईमा पुगेर पत्रकारिता गर्नुपर्छ”, प्रदेश सदस्य थापाले भन्नुभयो, “यहाँ त खुल्लम खुला अनियमितता भइरहेको, भ्रष्टाचार भइरहेको देखेर पनि नलेख्ने र आँखा चिम्लने पत्रकारिता गलत हो ।”

खोजी पत्रकारिता आजको आवश्यकता भएको औंल्याउँदै उहाँले प्रलोभनमा नपर्ने र देखेका सत्य कुरा लेख्ने आँट पत्रकारसँग हुनुपर्ने उहाँको भनाई छ । स्थानीय तहले बिकास पत्रकारिताका लागि बजेट छुट्याएर स्थानीय पत्रपत्रिका मार्फत आफूले गरेको बिकासको प्रचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा अर्का बागमति प्रदेश सभा सदस्य सरस्वती बाटीले लोकतन्त्र स्थापनामा पत्रकारले पु¥याएको योगदानको चर्चा गर्दै पत्रकारले देशको हरेक परिवर्तनमा जनताको साथ दिनु पर्ने औंल्याउनुभयो । त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले अहिलेको समय डिजिटलमा परिणत भइसकेकाले छापा पत्रिका टिक्न गाह्रो छ भन्दै पास्ताहिक पत्रिकालाई बचाउन चुनौती रहेको चर्चा गर्नुभयो ।

स्थानीय निकायले सहयोग गरेर भएपनि स्थानीय पत्रिका टिकाउन पर्नेमा जोड दिँदै उहाँले स्थानीयको समाचार पनि समेटेर खोजी पत्रिकारिताको बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले तत्कालिन शाही शासन कालमा प्रकाशन सुरु भएको यो पत्रिका १६ बर्षमा प्रवेश गर्दा अब ताजा र खोजी समाचालाई मुख्य बिन्दु बनाएर अगाडि जानु पर्नेमा जोड दिनुभयो । उहाँले साप्ताहिक पत्रिकामा आउने अधिकांशसमाचार बासी हुने भएकाले खोजी समाचारलाई प्राथमिकता दिँदै पत्रिका अब डिजिटलमा जानु पर्ने औंल्याउनुभयो ।

नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बचन देउजाले उपत्यकामा नै भएपनि भक्तपुरको समाचार सधै ओझेलमा पर्ने अबस्थामा यस पत्रिकाले स्थानीय समाचारलाई महत्वपूर्ण स्थान दिएर प्रकाशन गर्ने गरेको बताउनुभयो । उहाँले अबको पत्रिकामा पढौं पढौं लाग्ने समाचार आउनु पर्नेमा जोड पत्रिकाले नयाँ बिषयलाई समेटेर जानु पर्ने बताउनुभयो ।

त्यसअवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले भक्तपुरबाट प्रकाशित हुने समय समाजका समाचार पढ्दा भक्तपुरका खबर धेरै पढ्न पाइने बताउँदै स्थानीय निकायले गरेका कामको प्रचार पनि गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सभापति पुष्करराज बुढाथोकीले कोरोनाका कारण पछिल्लो समय सिंगो पत्रकारजगत निकै चपेडामा परेको बताउनुभयो । उहाँले कतिपय सञ्चार गृहले कामदार निकाल्ने, कतिपयले पारिश्रमिक नदिने गरिरहेको बताउँदै उहाँले कोरोनाका महामारीका बीच आम पत्रकारिता जगतले सामाजिक दायित्व बहन गर्दै ज्यानलाई जोखिममा राखेर पत्रकारिता गरेको चर्चा गर्नुभयो । अहिले सञ्चार उद्यमीलाई कसरी बलियो बनाउने र पत्रकारलाई आर्थिक सामाजिक दृष्टिकोणले कसरी सुरक्षित बनाउने भनेर लाग्नु पर्ने बेला आएको चर्चा गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व शुशिलबन्धु थापाले समय समाज पत्रिका भक्तपुरका लागि जनताको आँखा बन्न सफल भएको बताउँदै आफूले पाएको पुरस्कार रकम नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको कोषमा जम्मा गर्ने गरी सहयोग प्रदान गर्नुभयो ।

कार्यक्रममा समय समाज प्रकाशन प्रा.लिका सञ्चालक राजुराम मुनंकर्मी स्वागत मन्तव्य राख्दै समय समाज पत्रिकालाई अझै सशक्त ढंगले आगामी दिनमा अगाडि लैजाने बताउनुभयो ।
त्यसअवसरका समय समाज प्रकाशन प्रा.लि.का अध्यक्ष एवं कार्यक्रमका सभापति बालमुकुन्द सुवालले २०६२ साल मा २ गतेदेखि प्रकाशित हँुदै आएको पत्रिकाको हिजो, आज र भोलीको यात्राकाबारेमा चर्चा गर्नु भएको थियो ।