• गृहपृष्ठ
  • टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक

टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक

Jan 17th, 2021

काठमाडौ, माघ ४

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत टाटा कमर्शियल गाडीहरुको खरिदमा बिना धितो छ प्रतिसत भन्दा कम ब्याजदरमा ७५ प्रतिसतसम्मको फाईनान्स सुबिधा प्राप्त गर्न सक्नेछन् । साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाईएको छ ।

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उदेश्यका साथ यस अभियान सार्वजनिक गरिएको हो । जस अन्तर्गत कंम्पनिले युवा जनशक्ति मार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्बृद्धी हासिल हुने विश्वास लिएको छ । यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्नेछन ।
साथै घर बसी बसी आफ्नो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिसकल दिएर थप जानकारी हासिल गर्न सक्नेछन ।