पहिलो दिन नै २८ अंकले बढ्यो नेप्से

Jan 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, पुष ४

साताको पहिलो दिन आज आईतबार नै नेप्से २८ दसमलव ४६ अंकले बढेर २३ सय १५ दसमलव चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव १५७ अंकले बढेर चार सय ४३ दसमलव ४२ अंकमा चढेको छ । आज दुुई सय आठ वटा कम्पनीहरुको ५० हजार छ सय सात पटकको कारोवारमा एक करोड ५० लाख ३५ हजार दुई सय २१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार सात सय ८२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा हुुंदा जलबिद्युुत बाहेक सबै समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव एक अंकले बढेर १७ सय ३५ दसमलव ५७ अंकमा पुुग्दा बिकास बंैंक, निर्र्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनाईटेड फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।