• गृहपृष्ठ
  • बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकहरुलाई विशेष समारोह बीच साँचो हस्तान्तरण

बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकहरुलाई विशेष समारोह बीच साँचो हस्तान्तरण

Jan 16th, 2021

काठमाडौ, माघ ३

हन्सराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाज मोटरसाइकलको आधिकारिक विक्रेताद्वारा एक विशेष समारोहबिच नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकहरुलाई साँचो हस्तान्तरण गरेको छ । यही माघ २ गते ज्ञानेश्वरको एटिक रेष्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकहरुलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिप्mट ह्याम्पर हस्तान्तरण गरेका हुुन ।

साथै उक्त समारोहमा नै डोमिनार डेस्टिनेशनको पनि जानकारी दिइयो । डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न ईच्छुक ग्राहकहरुले अनलाइन फर्म भरि टेकुको बजाज शोरुममा बुझाउनु पर्नेछ । लक्की ड्रबाट छानिएका ग्राहकहरुले यही माघ १० गते हुने डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्नेछन् ।