सानिमा बैंक ललितपूरको ईमाडोलमा

Jan 15th, 2021

काठमाडौ, माघ २

सानिमा बैंक लिमिटेडले ईमाडोलमा पनि सेवा सञ्चालन गरेको छ । बैंकले आज शुुक्रबारबाट ललितपूरको महालक्ष्मीमा (इमाडोल नजिकै), बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका हुुन ।

समुद्घाटन् समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बंैकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टरर ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।