• गृहपृष्ठ
  • कृषि विकास बैंकको १४ औं वार्षिक साधरण सभा सम्पन्न

कृषि विकास बैंकको १४ औं वार्षिक साधरण सभा सम्पन्न

Jan 13th, 2021

काठमाडौ, पुुस २९

कृषि बिकास बैंकले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज बुधबार भर्चुुअल माध्यमबाट बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको बैंकको १४ औं बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैंकका करिव तीन लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त सभाले उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत शुन्य दसमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ । साथै उक्त साधरण सभामा बक्ताकोरुपमा भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष निरौला र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

भर्चुुअल माध्यमबाट भएपनि शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु झक्क प्रसाद आचार्य, डा.हरि बहादुर के.सी., संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधरण सभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।