• गृहपृष्ठ
  • प्रोग्रेशिभ फाइनान्सको २४ औं बार्षिक साधारण सभा सम्पन्न

प्रोग्रेशिभ फाइनान्सको २४ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 13th, 2021

काठमाडौ, पुस २९

प्रोग्रेशिभ फाइनान्सको २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सको आज बुुधबार सम्पन्न सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६–०७७ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे । उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिए । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञाशाहरुको जवाफ दिंदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगतिपथमा लम्किरहेको जानकारी गराए ।

उनले शेयरधनीहरुबाट प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्दे आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । सभाले आर्थिक वर्ष २०७६–०७७ वित्तीय अवस्थाको विवरण (वासलात), नाफा÷नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफलपश्चात पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७–०७८ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस. पाण्डे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । सभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।

संस्थाले हाल दशवटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ । साथै संस्थाले चालू आर्थिक वर्षमा पनि कार्यक्षेत्र विस्तार गर्ने क्रममा शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गर्ने योजना बनाएको छ ।