• गृहपृष्ठ
  • गुडविल फाईनान्सको २६ औं बार्षिक साधारण सभा सम्पन्न

गुडविल फाईनान्सको २६ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 13th, 2021

काठमाडौ, पुुस २९

गुुडविल फाईनान्सको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । फाईनान्सले आज बुुधबार होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट बार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६–०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३ दसमलव १८ प्रतिसतले वृद्धि गरी आठ अर्ब ४९ करोड ३९ लाख ९८ हजार सात सय १७ रुपैयाँ तथा कर्जा तर्फ १५ दसमलव ८८ प्रतिसतले वृद्धि गरी छ अर्ब ८४ करोड पाँच लाख ४५ हजार पाँच सय पाँच रुपैयाँ पु¥याएको जानकारी दिनुका साथै प्रस्तुत गरेको आ.ब.२०७६– ०७७ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट आठ दसमलव ४५ बोनस शेयर तथा तीन दसमलव ६५नगद लाभांश गरि जम्मा १२ दसमलव पाँच वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराए । भर्चुुअल माध्यमबाट भएको साधारण सभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढि प्रतिफल प्राप्त गर्न सकियोस भनि शुभकामना दिए ।

साथै साधारण सभाले पारित गरेको उक्त आ.व.को तीन दसमलव ६५ प्रतिसतले हुन आउने नगद लाभांश सोहि दिन शेयरधनीहरुको खातामा पठाइएको छ ।