• गृहपृष्ठ
  • आइ.सि.एफ.सि.फाईनान्सको १७ औं बार्षिक साधारण सभा सम्पन्न

आइ.सि.एफ.सि.फाईनान्सको १७ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 13th, 2021

काठमाडौ, पुस २९

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सले आज बुुधबार संस्थाको रजिष्टर्ड कार्यालय, टंगाल काठमाण्डौमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाबाट आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट चुक्ता पू“जीको १० दसमलव पाँच प्रतिसत बोनश शेयर तथा चार दसमलव पाँच प्रतिशत नगद लाभांश लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले संस्थाको नियामावली अनुसार संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका तीन जना संचालकहरु रामबाबु पन्त, सुशीलकुमार अर्याल र डा. विरेन्द्र कुमार साहलाई आगामी चा वर्षको लागि सर्वसम्मतबाट संचालकमा चयन गरेकोे छ । साथै, आर्थिक वर्ष २०७७–०७८ को लागि बा≈य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पू“जी ९२ करोड ६५ लाख रहेको यस फाइनान्सले हाल सम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा ए.टि.एम. मार्फत ७१ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आ.व. सम्म १४ अर्ब १२ करोड निक्षेप संकलन र नौ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।