• गृहपृष्ठ
  • श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बार्षिक साधारण सभा सम्पन्न

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बार्षिक साधारण सभा सम्पन्न

Jan 13th, 2021

काठमाडौ, पुुस २९

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ ।

सभामा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप पाँच अर्ब २५ करोड र कर्जा सापट चार अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख भएको जानकारी साधारणा सभालाई गराए ।

साधारण सभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता पुंजीको १० दसमलव ५३ प्रतिशत लाभाँश वितरण (बोनश शेयर सात दसमलव ३७ प्रतिसत तथा नगद लाभांस तीन दसमलव १६ प्रतिसत ) सम्बन्धि प्रस्तावलाई २६ औं साधारण सभाबाट अनुमोदन गरेको फाईनान्सले जनाएको छ । अनुमोदन पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ८९ करोड एक लाख ३४ हजार आठ सय ७९ रुपैयाँ पुुगेको छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए । कम्पनीले २०७७ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु पुर्णरुपमा पालना गरिएको जानकारी समेत सभालाई गराएका थिए ।

छलफलको क्रममा शेयरधनीहरुबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षको अनुमतीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारण सभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागी पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।