• गृहपृष्ठ
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुुख कार्यकारीमा खतिवडा नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुुख कार्यकारीमा खतिवडा नियुक्त

Jan 13th, 2021

काठमाडौ, पुुस २९

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएकाछन । बैकका अनुसार रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाबाट खतिवडा नियुक्त भएका हुन ।

बैंकमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पद पूर्ति गर्ने प्रयोजनार्थ मिति २०७७ पौष १० गते प्रकाशित भएको १५ दिनको पदपूर्ति सम्बन्धी विज्ञापनको सार्वजनिक सूचना बमोजिम प्राप्त आवेदनहरु मध्ये सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, विजनेश प्लान, विजनेश प्लानको प्रस्तुतिकरण एवं अन्तर्वार्ता समेतको मुल्यांकनबाट अन्य प्रतिस्पर्धि भन्दा बढि नम्बर ल्याई योग्यता निर्धारणको रोल क्रममा एक नम्बरमा परेका खतिवडालाईबैंक संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम यही माघ १ गतेदेखि लागु हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
उनले मास्टर ईन बिजनेस स्टडिज (एमबिबिएस), मास्टर अफ साईन्स ईन्स फाईनान्स (एमएस), चार्टल फाईनान्सीयल एनालाईसीस्ट (सिएफए), चार्टड ईकोनोमिस्ट (सिएचई) समेतको अध्ययन पुरा गरी हाल इन्फ्रास्ट्रक्चर फाईनान्समा बिद्यावारीधी गरिरहेकाछन । त्यसैगरी उनीसंग एनआईविएल क्यापिटल मार्केट लि, हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लगानी बोर्ड, बिद्युुत नियमन बिभाग विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको छ ।

दीर्घकालिन स्रोत संकलन मार्फत देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैकले माघ २ गतेदेखिजारी पूँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैयाँको आठ करोड कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ ।