एकै दिन १८ अंकले बढ्यो नेप्से

Jan 13th, 2021

काठमाडौं, पुुस २९

नेप्से आज बुुधबार नेप्से १८ दसमलव ८१ अंकले बढेर २२ सय ८६ दसमलव ५४ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि एक दसमलव ९७ अंकले बढेर चार सय ३५ दसमलव २५ अंकमा चढेको छ । आज दुुई सय सात वटा कम्पनीहरुको ५० हजार नौ सय ५० पटकको कारोवारमा एक करोड ३२ लाख ८९ हजार आठ सय ४९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ९१ करोड ४३ लाख ८९ हजार दुुई सय ६१ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा बाँणिज्य बैंक र होटल समुहले गुमाएपनि बाँकी समुहको सुचक बढेर हरियो भएको छ । ति मध्ये बिकास बैंक समुहको सुचक ३० दसमलव ७९ अंकले बढेर २३ सय ८७ दसमलव छ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ११ दसमलव १५ अंकले बढेर १० हजार छ सय ७६ दसमलव ८१ अंकमा पुगेको छ । यि बाहेक जलबिद्युुत, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।