• गृहपृष्ठ
  • सञ्चार र शिक्षा क्षेत्रका श्रमिक मारमा, असारमा भन्दा अझै यि क्षेत्रका कम्पनीका तलब खर्चमा कमि

सञ्चार र शिक्षा क्षेत्रका श्रमिक मारमा, असारमा भन्दा अझै यि क्षेत्रका कम्पनीका तलब खर्चमा कमि

Jan 13th, 2021

आधारभुमी संवाददाता

काठमाडौं, पुष २९

नेपाल राष्ट्र बैंकको एक अध्ययनमा खानी तथा उत्खनन्, सञ्चार र शिक्षा क्षेत्रका उद्योगहरुको तलब बापत हुने खर्च घटेको देखिएको छ । गत असारको तुलनामा अहिले यस्तो खर्चमा कमि आउनुले यि क्षेत्रमा काम गर्नेहरु अहिले पनि मारमा रहेका छन् भन्ने स्पष्ट देखिन्छ ।

तर यि क्षेत्र बाहेक अन्य उद्योगमा भने गत असारको तुलनामा अहिले उद्योग व्यसायको तलब तथा ज्यालामा हुने खर्चमा भने बृद्धि भएको छ । गत असारमा ६३ दशलमव चार प्रतिशत रहेको यस्तो खर्च अहिले ७० दशमलव ४ प्रतिशत पुगेको छ । यसले उद्योग व्यवसायले कर्मचारीलाई ज्याला तथा तलब भुक्तान गर्ने क्रम बढेको देखाउँछ ।

तर गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएतापनि कोभिड महामारी अगाडिको अवस्थामा भने पुग्न सकेको छैन । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग÷व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।

मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग÷व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएका अनुुमान छ ।

महामारीका कारण थलिएका उद्योगले पहिला जस्तो सबैलाई रोजगारी दिन नसकेपनि रोजगारी दिने क्रम भने बढाएका छन् कोरोना महामारी सुरु हुनु अघिको तुलनामा गत असारमा ७७ दशमलव ५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योगले गत मंसिरमा ८७ दशमलव पाँच एक प्रतिशत रोजगारी दिएको देखिएको छ । यसले अझै १३ प्रतिशत मजदुर रोजगार बिहिन रहेको प्रष्ट पार्छ ।

नेपाल राष्ट्र बैंकको अध्ययनले गत असारको तुलनामा उद्योग÷व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखिएको छ । अझै पनि ९.१ प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालनमा आउन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार गत असारको तुलनामा मंसिरमा उद्योग तथा व्यवसायमा सुधार आएको देखिएको छ । तर महामारी अघि जसरी न व्यवसाय सञ्चालनमा आउन सकेको छ नत मजदुरहरुले रोजगारी नै पाउन सकेका छन् ।