• गृहपृष्ठ
  • एभरेष्ट बैंकद्वारा फोन पे संगको सहकार्यमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू

एभरेष्ट बैंकद्वारा फोन पे संगको सहकार्यमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू

Jan 13th, 2021

काठमाडौ, पुुस २९

एभरेष्ट बैंकले फोन पे संगको प्राविधिक सहकार्यबाट अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ । बैकले फोन पे संगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयकोसाथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको हो । साथै बैंकका व्यवस्थापकहरुका अनुसार यो बिद्युुतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोभिड १९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्नेछ ।

कोभिड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटलरूपमा उद्घाटन गरिएको हो । सो समरोहमा मधु कुमार मरासानी, महालेखानियन्त्रक, नेपाल सरकार, विनोद बहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्व विभाग, दिवस कुमार सापकोटा, प्रमुख प्राविधिक अधिकृतका साथै फोन पे र बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थित रहेका थिए ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय, १३२ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।