• गृहपृष्ठ
  • मेरो माइक्रो फाइनान्सको बोनस पारित, अधिकारी र पुडासैनी सञ्चालक चयन

मेरो माइक्रो फाइनान्सको बोनस पारित, अधिकारी र पुडासैनी सञ्चालक चयन

Jan 13th, 2021

काठमाडौ, पुुस २९

मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको पौष २८ गते सम्पन्न आठौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १६.९४ प्रतिशत बोनश शेयर र ०.८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्री प्रसाद पुडासैनी निर्बिरोध चयन गरेको छ । नौ वटा प्रर्वधित बैकका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६–०७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।

लघुवित्तका अध्यक्ष सञ्जिब मानन्धरले संस्था सञ्चालनको सातौं वर्षमा संस्थाले ५ अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । हाल चुक्ता पूँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरण पश्चात १ अर्ब कायम भएको बताए ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको माइक्रोफाइनान्सले हाल १२० शाखा कार्यालयमार्फत ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख २५ हजार भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई फ्लोरोसेन्ट ज्याकेट प्रदान

मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ ।

संस्थाले साधारणसभा को समारोहमा संचालक समितीका अध्यक्ष सन्जिब मानन्धर सहित प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल लगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललिता ढकाललाई आज सो सामग्री हस्तान्तरण गरिएको हो ।

फिल्डमा खटिएका प्रहरीहरु फ्लोरोसेन्ट ज्याकेटको अभावमा दुर्घटनामा परिरहेकोले खबर आइरहने गरिएकोले सहयोग गरिएको संस्थाले जनाएको छ ।