• गृहपृष्ठ
  • नेपाल एसबिआई बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल एसबिआई बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

Jan 12th, 2021

काठमाडौ, पुुस २८

नेपाल एसबिआई बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६/७७ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा नौ दसमालव ४७ प्रतिशतका दरले लाभांश ( छ प्रतिसत बोनश शेयर र तीन दसमलव ४७ प्रतिसत ) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७६–०७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०७७–०७८मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालकसमितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।