• गृहपृष्ठ
  • सेनाद्धारा बारा जिल्लाको करैयामाईमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सेनाद्धारा बारा जिल्लाको करैयामाईमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Jan 12th, 2021

काठमाडौ, पुुस २८

नेपाली सेनाले बारा जिल्लाको करैयामाईमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाका अनुसार यही पुुस २६ गते नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री नं.२८ बाहिनी अड्डा र श्री नं.२८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं चन्दननाथ गणको संयोजकत्वमा बारा जिल्ला, करैयामाई गा.पा. ७, जनता मा.वि. को प्राङ्गणमा १ दिने निःशुल्क जनरल ओपिडी तथा डेन्टल स्वास्थ्य शिविर संचालन गरिएको हो ।

कोभिड १९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई निःशुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला एक सय ९५, पुरुष एक सय ३१ र बालबालिका ७६ जना गरि जम्मा चार सय १० जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।