• गृहपृष्ठ
  • ५ हजार ३०० जनाको नमूना परीक्षण गर्दा ४३० जनामा कोरोना सङ्क्रमण

५ हजार ३०० जनाको नमूना परीक्षण गर्दा ४३० जनामा कोरोना सङ्क्रमण

Jan 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौं,२८ पुस

मंगलबार थप ४३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ५ हजार ३०० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २३७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ जना छन् । हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३९० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९३२ पुगेको छ। मंगलबार मात्रै ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।