एकैदिन २८ अंकले बढ्यो नेप्से

Jan 12th, 2021

काठमाडौ, पुुस २८

नेप्से आज मंगलबार २८ दसमलव ३१ अंकले बढेर २२ सय ६७ दसमलव ७३ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ८९ अंकले बढेर चार सय ३३ दसमलव २८ अंकमा चढेको छ । आज दुुई सय दुुई वटा कम्पनीहरुको ४५ हजार पाँच सय ६९ वटा कारोवारमा एक करोड ३५ लाख ३१ हजार दुुई सय २७ कित्ता सेयर किनबेच भएकाछन भने सेयर रकम चार अर्ब ९८ करोड २३ लाख ९१ हजार आठ सय ९७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक घटेपनि बाँकी ११ वटा समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव ५४ अंकले बढेर १७ सय ३७ दसमलव ७१ अंकमा पुुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत, लघुुबित्त, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने प्रिमियर इन्स्योरेन्स कम्पनी परेको छ ।