• गृहपृष्ठ
  • लक्ष्मी बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न

लक्ष्मी बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न

Jan 12th, 2021

काठमाडौ, पुुस २८

लक्ष्मी बैंकले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आज मंगलबार आफ्नो २० औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले बैंकको चुक्ता पूँजीको नौ प्रतिशत बोनस शेयर र दुुई दसमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड पुगेको छ ।

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथासोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

आ.व. २०७६/७७मा रु १००.७६ अर्ब निक्षेप र रु ८९.८९ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १२८ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ४१ करोडरुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् । सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्नाशाखाहरु तथा सूचन ाप्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बंैक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंककोरुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

लक्ष्मी बैंक एक हरित कम्पनीहो र यसले इन्टरनेट, कार्ड तथामोवाइलफोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ । बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । बैंकले लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटि फण्डतथा लक्ष्मी उन्नति कोष नामकम्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।