• गृहपृष्ठ
  • कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबिच सम्झौता

कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबिच सम्झौता

Jan 12th, 2021

काठमाडौ, पुस २८

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र विरगंजस्थित प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

बैकले प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेका हुुन । उक्त सम्झौता–पत्रअनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २० प्रतिसत र औषधीमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा पाँच प्रतिसतसम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।