• गृहपृष्ठ
  • विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९ करोड १३ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९ करोड १३ लाख नाघ्यो

Jan 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, पुष २८

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९ करोड १३ लाख नाघेको छ ।

नेपाली समय मंगलबार ११:०० बजे सम्म विश्वभरीमा ९ करोड १३ लाख १९ हजार ५३९ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म छ करोड ५३ लाख १६ हजार ५३९ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा २ करोड ४० लाख ५० हजार २५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १ लाख ८ हजार ८०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण १९ लाख ५२ हजार ९७६ व्यक्तिको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या २ करोड ३१ लाख ४३ हजार १९७ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख ८५ हजार २४९ पुगेको छ ।

दोस्रो धेरै प्रभावित भएको भारतमा १ करोड ४ लाख ७९ हजार ९१३ जना सङ्क्रमित भएका छन् भने १ लाख ५१ हजार ३६४ जनाको मृत्यु भएको छ ।

त्यसतै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ८१ लाख ३३ हजार ८३३ जना सङ्क्रमित भएका छन् भने २ लाख ३ हजार ६१७ जनाको मृत्यु भएको छ ।

स्रोत: वर्ल्डोमीटर

https://www.worldometers.info/coronavirus/