• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाको बजेटमा नेताको मनपरी, आफ्नै घर अगाडी पिच देखि उपभोक्तामा आफ्नै बुहारी चयन

महालक्ष्मी नगरपालिकाको बजेटमा नेताको मनपरी, आफ्नै घर अगाडी पिच देखि उपभोक्तामा आफ्नै बुहारी चयन

Jan 12th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, पुष २८

महालक्ष्मी नगरपालिकाको नेर्तत्वले आफुखुसी सडक निर्माणमा रकम खर्चेको देखिएको छ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेस्वर श्रेष्ठले मुख्य सडक अर्थात ग्वार्काे देखि चाङाथलि धुलाम्य सडक हुँदा बजेट भने आफ्नो घरजाने सानो खालको सडकमा खर्चेका छन् ।

त्यसमा पनि सडक सिमांकन दुबै पट्टी नगरि एक तिर मात्रै गरेको देखिन्छ ।

त्यस्तै वडा नं ७ का अध्यक्ष नकुल थापाले पनि आफ्नो घरसम्म मात्रै सडक पिच गरेका छन् । यसबाटै प्रष्ट हुन्छ कि जनताले तिरेको कर नेताहरुले कसरी आफ्नो सुविधाभोगमा खर्चेका छन् भनेर ।

जनताको वास्ता नगरी आफ्नो घर देखि पञ्चेश्वरी हुदै बिचैमा कालो पत्रे गरेकोे बाटो विस्तार गर्दा एकतर्फमात्र सिमांकन गर्ने गरेको, वडानं. ७ का वडा अध्यक्ष नकुल थापाले आफ्नो घर सम्म मात्र कालो पत्रे गरेको, नगर सदस्यहरुले आफ्नै बहारी नजिकका नातेदारहरु उपभोक्ता समितिका अध्यक्ष बनाएकोले साना परियोजना अन्यौलमा परेको, मुख्य सडकको वास्ता गरी आफ्नो घर सम्म काल पत्रे गर्ने गरेको पाइएको छ ।

यस्तै नगर सदस्य दामोदर पौडेलले आफ्नै बुहारीलाई उपभोक्तासंघको अध्यक्ष बनाएका छन् । यसले नाताबाद प्रष्ट सँग देखिन्छ ।

केही नेता तथा कार्यकर्तालाई मनपरी ढङ्गले साना परियोजना बाड्दा काम समयमा गर्न नसक्दा साना योजना अन्यौलमा परेको देखिन्छ । प्रचण्डले बुहारी मन्त्री बनाए जस्तै नेकपाका तल्लातहका नेता तथा कार्यकर्तामा पनि साना परियोना चयन गर्दा बुहारीवाद, नातावाद, लादेका देखिन्छ।

टिाकाथलिका स्थानीय विद्युत सामाग्री व्यापारी मित्र पौडेलका अनुसार ३ बर्षसम्म सडकको धूलो, खानु घाँटी दुख्ने, नाक बन्द हुने, आँखा पोल्ने गरेको बताए ।

अर्का हार्डवेयर व्यापारी रविन वि.क.का अनुसार ३ वर्ष सम्म धूलामा बसेर व्यवसाय गर्दा निकै गाह्रो भएको बताउँछन् ।उनले भने ‘ यो देशमा् सरकार खै कहाँ छ भएको भए ३ वर्ष यस्तो धूलामा बसेको देख्नुपर्ने , नेताहरु यही बाटा दिनको ३ पटक हिड्छन् तर काम गर्न चासो गर्दैनन् । ’

उनले यस्तो धूलोमा व्यवसाय गर्दा आफ्नो स्वास्थ्यमा निक्कै समस्या आउनुका साथै आँखा पोल्ने, नाक बन्द हने, स्वास फेर्न गारो भएको बताउँछन् ।