• गृहपृष्ठ
  • नेपाल बंगलादेश बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाल बंगलादेश बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 11th, 2021

काठमाडौ, पुस २७

नेपाल बंगलादेश बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आईतबार बैकको सभाकक्ष, कमलादी, काठमाण्डौँबाट जुुम बेबिनार मार्फत बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले जुम बेबिनार मार्पmत् नै अध्यक्षता गरेको उक्त कार्यव्रmममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की, कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उच्चपदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारण सभामा बैंकको चुक्ता पुँजीको झण्डै ५५ प्रतिसत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी २५ जनामात्र शेयरधनीको भौतिक उपस्थिति रहेको थियो भने ९० जनाभन्दा बढी शेयरधनीहरू जुुम बेबिनार मार्पmत् जोडिनुका साथै बैंकको अफिसियल फेसबुक पेजबाट पनि शेयरधनीहरू सो कार्यक्रममा जोडिएका थिए । उक्त सभाले आ.ब. २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को वार्षिक वित्तीयविवरणहरु पारित गर्नुका साथै बैंकका सहायककम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७६/०७७ को एकीकृत वार्षिक वित्तीयविवरण पारित गरेको थियो ।

बैंकले आ.ब. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षक सुधिर कुमार शर्मा, एस एण्ड एस एसोसिएट्नस चार्टड अकाउन्टेन्टलाई पुनःनियुक्ति गरेको छ ।

आ.ब. २०७६/०७७ को मूनाफा रकमबाट २०७७ आषाढ मसान्तमाकायम रहेको चूक्ता पूँजीको दुुई दसमलव ४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै छ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो । साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अर्ब पु¥याउने र जारी तथा चुक्ता पुँजीमा बोनस शेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । शेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा अध्यक्षको अनुमतिले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले जवाफ दिएका थिए