• गृहपृष्ठ
  • स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकबिच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकबिच सम्झौता

Jan 11th, 2021

काठमाडौ, पुुस २७

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकबिच सम्झौता भएको छ । बैकले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडसंग भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता गरेको हो ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यकासा थक्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पु¥याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रमा सुपरिचित सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ । धनकुटामा मुख्यकार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशीले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडसंगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । एससिटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारत भित्र एटिएम पस, ई कर्मस जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्तहुनेछ ।

आईतबार स्मार्ट च्वाइस टेक्नोलोजिजको मुख्य कार्यालय, बालुवाटार, काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन ।