• गृहपृष्ठ
  • सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा जाजरकोट जिल्लाको कालीमाटी बजारमा

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा जाजरकोट जिल्लाको कालीमाटी बजारमा

Jan 11th, 2021

काठमाडौ, पुुस २७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवाविस्तार गरेको छ । यसै क्रममा बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटी बजारमा यहि पौष २४ गतेबाट १०७ औं शाखारहित बैंकिङ्ग सेवाप्रारम्भ गरेको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ । यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।

व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न यस बैंकले वित्तीय साक्षरताक ाकार्यक्रमहरुका साथसाथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।