• गृहपृष्ठ
  • प्रतीक्षाको घडि अब भयो समाप्त, बजाज डोमिनार २५० आयो अब नेपालमा (मुल्य सहित)

प्रतीक्षाको घडि अब भयो समाप्त, बजाज डोमिनार २५० आयो अब नेपालमा (मुल्य सहित)

Jan 11th, 2021

काठमाडौ पुस २६

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकलको आधिकारिक विक्रेताद्वारा नयाँ बजाज डोमिनार २ सय ५० अब नेपालमा ४ लाख ८९ हजार ९ सय रुपैयाँमा लन्च भएको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २ सय ५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४ सय मा रहेको थुप्रै विशेषताहरु रहेको छ ।

यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २ सय ४८ दशमलब ७७ सीसी एफआइ इञ्जिनको पावर छ, जसले २७ पिएस र २३ दशमलब ५ एनएमको पिक टक्र्यू जेनेरेट गर्छ । यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र डिआृएचसी छ । डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १० दशमलब ५ सेकेण्डमा १०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल एलईडी हेडल्याम्प र एएचओ (अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ ।

स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ ।यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ । यस बाइकमा सस्पेन्सन ड्यूटीको लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ । यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एविएसमा पनि उपलब्ध रहेको छ ।