• गृहपृष्ठ
  • केपी सरकारको तलब र भत्ताको खर्च ३१ अर्बले बढ्यो, कछुवा गतिको बिकासमा ६ अर्बको कमि

केपी सरकारको तलब र भत्ताको खर्च ३१ अर्बले बढ्यो, कछुवा गतिको बिकासमा ६ अर्बको कमि

Jan 11th, 2021

आधारभुमी संवाददाता

काठमाडौं, पुष २७

चुनाव प्रचारप्रसारका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घर घरमा ग्यासको पाइप मात्रै होइन चुच्चे रेल पोखराबाट कुस्मासम्मै पुराए । पुराना भाषण हेर्ने हो भने लाग्छ कि उनका भाषण कति हावादारी थिए भनेर ।

हुनत रेल र घरघरमा ग्यास पाइपलाइन केहि वर्षमै भइहाल्ने कुरो होइन । तर यि कामको कागजी काम समेत शुन्य हुँदा उनको भाषण जनतलाई झुक्याउने खेल मात्रै थियो भन्ने प्रष्ट हुन्छ ।

नयाँ आयोजना सुरु गर्ने त परको कुरा यसअघिका सरकारले नै सुरु गरेका आयोजनामा समेत उनले खर्चन सकेका छैनन् । अर्थात ति आयोजनामा समेत बिकास निर्माणका काम अघि बढाउन नसक्दा सरकारको बिकास खर्चं जम्मा अहिलेसम्म १३ प्रतिशत छ । गत वर्ष भन्दा बिकासमा कम खर्चने बताएको सरकारले गत वर्षकै तुलनामा झन्डै ६ अर्ब कम खर्च गरेको छ । तर कर्मचारीको तलब तथा भत्तामा हुने खर्च भने झन्डै ३१ अर्बले बढाएको छ ।

बिकासका लागि छुट्टाएको ३ खर्ब ५२ अर्ब ९१ करोडमध्ये जम्मा ४६ अर्ब ६ करोड अर्थात कुल बजेटेको जम्मा १३ प्रतिशत मात्रै खर्च भएको छ । जबकी गत वर्षको यहि समयमा सरकारले ५१ अर्ब ८९ करोड खर्च गरेको थियो ।

गत वर्ष सरकारले बिकास निर्माणका लागि ४ अर्ब ८ करोड छुट्टाएको थियो । र गत वर्षको यहि समयमा सरकारले ५१ अर्ब ८९ करोड अर्थात मुल बजेटको १२ दशमलव सात दुई प्रतिशत खर्च गरेको थियो ।

यो वर्ष सरकारले सुरुमै बिकास निर्माणका लागि गत वर्षभन्दा कम बजेट छुट्टाएको थियो । र अहिले त त्यहि रकम समेत गत वर्षको जति पनि खर्च गर्न सकेको छैन । चालु खर्च अर्थात प्रशासनिक खर्च भने सरकारले गत वर्षको तुुलनमाा पनि बढि खर्च गरेको देखिन्छ ।

गत वर्षको पुष २५ सम्म ३ खर्ब खर्च गरेको सरकारले यो वर्षको सोहि अवधिमा ३ अर्ब ३१ करोड प्रशासनिक खर्च गरेको छ । सरकारले चुनाव घोषणा गरेका कारण चालु खर्च झनै बढ्ने देखिन्छ तर सबैको ध्यान चुनावमा गए अब पुँजीगत खर्च झनै कम हुने देखिन्छ ।

सरकारले पनि बिकास निर्माणका काम अघि नबढाउने र यता अन्य लगानीकर्ताले पनि लगानी बिस्तार नगर्दा मारमा भने गरिखाने मजदुर परेका छन् । भाषणमा सिंगापुर बनाउने नेताहरुले कम्युनिष्ट सरकारले राज गरेका बेलामा मजदुरलाई छिमेकी मुलुक भारतमा जति पनि सेवा दिन सकेका छैनन् ।

किनभने कोरोना महामारीले गरिबहरुलाई खान धौ धौ भएपछि भारत सरकारले उनिहरुको खातामा रकम हालीदिएको थियो । तर यहाँ भने नत रकम दिइयो नत काम गरेर खाने अवसर नै दिइयो ।

महामारी सबै ठाउँ फैलिएको पनि थिएन । जसका कारण सबै ठाउँमा बिकास निर्माण रोक्नु पर्ने अवस्था थिएन । सरकारले बिकास निर्माणका काम अघि नबढाउँदा गरिखाने मजदुर दैनिक गुजारा चलाउन नसकेर भोकभोकै बाच्नु परेको मात्रै होइन, सडकमा बाडिने खानाको आशमा बस्नु परेको छ ।