नेप्सेमा १३ अंकले सुधार

Jan 6th, 2021

काठमाडौ, पुुस २२

नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन घटेको नेप्से आज बुुधबार भने १३ दसमलव सात अंकले बढेर २१ सय ७८ दसमलव ५७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ४५ अंकले बढेर चार सय १८ दसमलव १४ अंकमा चढेको छ । आज दुुई सय पाँच वटा कम्पनीहरुको ४३ हजार तीन सय ५७ पटकको कारोवारमा एक करोड पाँच लाख ३४ हजार एकम सय ५७ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ४२ करोड ४८ लाख ४२ हजार पाँच सय ९७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ र जलबिद्युुत समुहको सुचक घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव आठ अंकले बढेर १६ सय ४७ दसमलव ५० अंकमा चढेको छ भने बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा कालिका लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।