नेप्सेमा सामान्य अंकले गिरावट

Jan 5th, 2021

काठमाडौ, पुस २१

नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । आज मंगलबार नेप्से तीन दसमलव ५४ अंकले घटेर २१ सय ६५ दसमलव ४९ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ४७ अंकले घटेर चार सय १३ दमसलव ६८ अंकमा झरेको छ । आज दुुई सय छ वटा कमपनीहरुको ४२ हजार पाँच सय १४ पटकको कारोवारमा एक करोड आठ लाख नौ हजार छ सय २५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ५६ करोड ६३ लाख ८१ हजार एक सय ७८ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा बिकास बैंक, निर्जिवन बीमा र जलबिद्युुत समुहको सुचक बढेकाछन भने नौ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव २३ अंकले घटेर १६ सय ३५ दसमलव ७० अंकमा झर्दा जीवन बीमा, टे«डिङ, लघुुबित्त, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिखर इन्स्योरेन्स कम्पनी परेको छ ।