छ अंकले घट्यो नेप्से

Jan 4th, 2021

काठमाडौ, पुुस २०

नेप्से आज सोमबार घटेको छ । आज नेप्से छ दसमलव ३६ अंकले घटेर २१ सय ६९ दसमलव चार अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७३ अंकले घटेर चार सय १५ दसमलव १५ अंकमा झरेको छ । आज दुुई सय दुुई वटा कम्पनीहरुको ४६ हजार एक पटकको कारोवारमा एक करोड १६ लाख ४३ हजार चार सय २९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ९६ करोड १७ लाख ३३ हजार एक सय २२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा छ वटा समुहको सुचक घटेर छ वटा समुहको सुचक बढ्दा सामुुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव दुुई अंकले घटेर १६ सय ४४ दसमलव ९४ अंकमा झरेकोमा जीवन बीमा, टे«डिङ, लघुुबित्त, र होटल समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको समुहको सुचक भने आज आठ दसमलव ४२ अंकले बढेर दुुई हजार एक सय ८३ दसमलव ९७ अंकमा पुुगेको छ भने जलबिद्युुत, निर्जिवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेशनल माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।