• गृहपृष्ठ
  • मेलिनाको स्वर र बादलको संगीतमा ‘यो जीवन’ सार्वजनिक (भिडियाे सहित)

मेलिनाको स्वर र बादलको संगीतमा ‘यो जीवन’ सार्वजनिक (भिडियाे सहित)

Jan 3rd, 2021

काठमाडौ, पुुस १९

प्रेमिल शैलीको ‘यो जीवन’ शिर्षकको म्युजिक भिडियो लिएर गायक बादल लिम्बु र गायिका मेलिना राई आएका छन । यस गीतलाई ज्ञान लिम्बुले लेखेका हुन् भने स्वयम् गायक लिम्बुले यस गीतलाई संगीतवद्द र संगीत संयोजन गरेका हुन् । यसअघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका गायक लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन । पहिलो नेपाली आईडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भैसकेका छन ।

यस गीतको भिडियोमा प्रेमी प्रेमिकाले एक अर्का प्रति गरेका वाचा र प्रेमभाव प्रकट गरेका छन् । भिडियोमा सुजता थुलुङ र बादल लिम्बु फिचर्ड छन् भने साथमा अतिथि भुमिकामा कलाकार तथा निर्देशक उदय सुब्बा, सुरेश राई र मोहन कुमार राईको समेत अभिनय देख्न सकिन्छ । सुरेश राई सहायक निर्देशक रहेको यस भिडियोलाई किरण राईको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो । गायक लिम्बुको आधिकारिक युट्युव च्यानल ’बादल लिम्बु’ मार्फत भिडियो सार्वजनिक भएको हो ।