• गृहपृष्ठ
  • चर्चित गायकहरुको स्वरमा रहेको ‘सौरव २०२०’ सार्वजनिक (हेर्नुस् भिडियाे)

चर्चित गायकहरुको स्वरमा रहेको ‘सौरव २०२०’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Jan 3rd, 2021

काठमाडौ, पुुस १९

भुटनिज अमेरिकन म्युजिक एसोसिएशन र सौरव म्युजिकको प्रस्तुति रहेको गीति संग्रह ’सौरव २०२०’ (म्युजिक फर ब्रिज) सार्वजनिक भएको छ ।

नेपाली गीत संगीत क्षेत्रमा क्रियासिल गीतकार, प्रेरक, अनुवादक तथा समाजसेवी सौरव तिम्सिनाको एकल शब्दमा रहेको यस गीति संग्रहलाई इन्द्रावती क्रिएशन मार्फत सार्वजनिक गरिएको हो । यस संग्रहमा ६ वटा गीतहरु समावेश छन् । सम्पुर्ण गीतहरु गीतकार तिम्सिनाको वेवसाइट सौरव २०२० र अन्य थुप्रै डिजिटल प्ल्याटफर्म बाट सुन्न सकिनेछ ।

किरण गजमेर, किशोर सिवाकोटी, टेक दुधराज, रमेश कडेल, प्रविन दियाली, महेश थुलुङ, टिका लामिछाने, एल बी मोक्तान, निशान राईले बिभिन्न गीतमा आफ्नो आवाज दिएका छन् । यस संग्रहका गीतहरुमा अम्बर तुम्बापो सुब्बा, लोकेश गुरुङ, एस डी योगी, अरुण तामाङ र रोनान सुब्बाले संगीत दिएका छन् । संग्रह भित्रका विभिन्न गीतहरुमा गोपाल रसाइली, विकाश राई, किरण कडेल, रिकेश गुरुङ र मोहित मुनालको संगीत संयोजन रहेको छ ।

यस संग्रहमा रहेको ’छन शब्द’ बोलको गीतको भिडियो समेत निर्माण गरिएको छ । छिट्टै नै अरु नयाँ गीतहरु सार्वजनिक गर्दै जाने गीतकार तिम्सिनाले बताएका छन् । यस संग्रहका गीतहरु सुनेर प्रतिक्रिया दिन निर्माण समुहले संसारभरमा छरिएर रहेका नेपाली संगीतप्रेमीहरुमा आग्रह गरेका छन् ।