• गृहपृष्ठ
  • मिस यूनिभर्स नेपाल २०२०ः अन्शिका शर्मा

मिस यूनिभर्स नेपाल २०२०ः अन्शिका शर्मा

Dec 31st, 2020

काडमाडौ, पुुस १६

अष्ट्रेलिया निवासी, वर्ष २४ कि अन्शिका शर्माले जितिन्, होण्डा नेपाल प्रस्तुत गर्दछ मिस यूनिभर्स नेपाल २०२० को उपाधि! विजेताले १० लाखको नगद पुरस्कार रअपला ज्वेल्सको तर्फबाट रु. १५ बराबरको क्राउन जित्नुका साथै मिस यूनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गर्ने छिन्, जुन २०२१ को अप्रिल वा मे महिनामा हुनेछ ।

अन्शिका शर्माले पहिलो स्थान हासिल गरिन् भने पहिलो, दोस्रो, तेस्रो र चौथो उप–विजेताको स्थान क्रमशः सुजिता बस्नेत, नीना कान्त मण्डल, दिक्ता थापा, न्यान्सी खड्काले हासिल गरिन् । त्यसै गरी नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफूलको उपशीर्षक हासिल गरिन् भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्मालेमिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरिन् ।

उत्कृष्ट १८ सहभागीले स्वीम सुट लगाएर आफ्नो परिचय दिंदै उत्कृष्ट १० मा पुगेर सबै जनाको प्रशंसा पाउन सफल भए । नीना कान्त मण्डलले भने ब्रेभ, बोल्ड र ब्यूटिपूmल सोसल एड्भोकेसी उपाधि हासिल गरेर उत्कृष्ट १० मा आफ्नो स्थान पहिले नै सुरक्षित गरेकी थिइन् । स्वीमसुट राउण्ड पश्चात् फिनालेमा निर्णायकहरुले उत्कृष्ट १० मा ५ जना सहभागीहरु छनोट गरे भने बाँकी ४ भने दर्शकको भोटबाट छनोट गरिएको थियो ।

उत्कृष्ट ५ को लागि भोटिङ भइरहेको बेला उत्कृष्ट १० भने प्रश्न–उत्तर राउण्डमा एक अर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका थिए । अगाडिको राउण्डमा जस्तै गरी निर्णायकहरुले उत्कृष्ट ५ को लागि उत्कृष्ट ३ को छनोट गरे र बाँकी २ जनाले लाइभ सर्वाधिक भोटको आधारमा छनोट गरियो । सुन्दर ईभ्नीङ गाउनमा सु–सज्जित भएर उत्कृष्ट ५ ले अर्को प्रश्नहरु उत्तर दिए, जसको आधारमा यस प्रतिस्पर्धाको विजेता र उप–विजेताको छनोट गरियो, जुन पूर्णरुपले निर्णायकहरुले दिएको अंकको आधारमा छनोट गरिएको थियो ।

हप्तौंदेखिको भर्चुअल तालिम र प्रतिस्पर्धा पश्चात्मिस यूनिभर्स नेपाल २०२० को फिनाले काठमाडौंको मेरिएट होटेलमा सम्पन्न भयो । सुवेक्षा खड्का र रबी राजकर्णिकारद्वारा होष्ट गरिएको उक्त समारोह एपी वान एचडी र मुुनको यूट्यूब पेजबाट लाइभ गरिएको थियो । ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. द्वारा आयोजित मुन २०२०, पहिलो मुुन द्वारास्वतन्त्ररुपमा पूर्व मिस युनिभर्स नेपाल २०१७, नग्मा श्रेष्ठका साथ राष्ट्रिय निर्देशककोरुपमा आयोजित गरियो ।

पेजेन्ट्रीको दुनियामा नै मुुनले सुन्दरता र समावेशीतालाई पूनः परिभाषित गर्न सफल भयो किनकि यस प्रतियोगितामा सहभागी हुनको लागि तौल, उचाई, लैंगिकतामा कुनै किसिमको प्रतिबन्ध नलगाइएकोले १८–२८ वर्ष उमेरमा कुनै पनि नेपाली महिला सहभागी हुन सक्थे । समावेशीताकै कारण मुुनले पहिलो ट्रान्सजेन्डर प्रतियोगी, एञ्जल लामाको सहभागिता पाए, जो उत्कृष्ट १८ मा पुग्न पनि सफल भएकी थिइन् ।