• गृहपृष्ठ
  • बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल फोनहरु नेपाली बजारमा , प्रिमियम फिचर भएका फोनहरु बजेट मूल्यमा उपलब्ध

बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल फोनहरु नेपाली बजारमा , प्रिमियम फिचर भएका फोनहरु बजेट मूल्यमा उपलब्ध

Dec 31st, 2020

काठमाडौ, पुुस १६

छिमेकी मुलुक बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो ।

सिम्फोनी ब्राण्डका ३ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड १८, सिम्फोनी जेड २८ र सिम्फोनी जेड ३० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।

यी फोनहरु बजेट मूल्यमा उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ । कम्पनीले सार्वजनिक गरेको सिम्फोनी जेड ३० प्रो स्मार्टफोनमा प्रिमियम फिचरहरु रहेका छन् । जसमा ६.५२ इन्चको एचडी प्लस नोच डिजाइनको डिस्प्ले रहेको छ । फोनमा मिडियाटेक अक्टाकोर १.८ गीगाहर्जको प्रोसेसरका साथमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज अप्सन राखिएको छ, यसको स्टोरेज बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोटोग्राफीका लागि फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामराका साथमा ५ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनलाई पावर दिन शक्तिशाली ५,००० एमएएचको ब्याट्री रहेको छ जसले ४५० घण्टाको स्ट्याण्डबाई टाइम र ३२ घण्टासम्मको निरन्तर टकटाइम दिन्छ । त्यसैगरि सिम्फोनी जेड २८ स्मार्टफोनमा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा तथा पावरका लागि ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ । यो स्मार्टफोन ३जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध रहेको छ । अर्को स्मार्टफोन सिम्फोनी जेड १८ मा भने ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेलको डुअल क्यामरा सेटअप तथा पावरका लागि ५,००० एमएएचको ब्याट्री प्याक रहेको छ । यो स्मार्टफोन २ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध रहेको छ ।

सिम्फोनीका सबै स्मार्टफोनहरु लेटेस्ट एन्ड्रोयड १० अपरेटिङ सिस्टममा आधारित रहेका छन भने यी स्मार्टफोनहरु बजेट मूल्यमा उपलब्ध रहेका छन् । सिम्फोनका सबै फोनहरुको डिस्प्लेमा वारेन्टी प्रदान गरिएको छ । कम्पनीका सेल्स म्यानेजर÷मार्केटिंग म्यानेजरद्धय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताए ।

‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौं,’ सेल्स म्यानेजर÷मार्केटिंग म्यानेजरद्धय चालिसे तथा बस्यालले भने । उनीहरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पुर्ण सेवा दिन तयार रहेको बताए ।

कम्पनीले नेपालभरी सिम्फोनीका मोबाइल फोनहरु आईतवारदेखि नै उपलब्ध गराएको छ भने ग्राहकहरुले आजैदेखि नजिकको मोबाइल पसलहरुबाट सिम्फोनी ब्राण्डका फोनहरु खरिद गर्न सक्नेछन् । त्यसैगरि सिम्फोनीका बजेट मूल्यका उच्चगुणस्तरीय फोनहरु ईकमर्श दराज डटकममा पनि उपलब्ध रहेका छन् । हाल सार्वजनिक गरिएको सिम्फोनी जेड ३० प्रोको बजार मूल्य रु.१६,४९९/–, सिम्फोनी जेड २८ को बजार मूल्य रु.१३,४९९/– र सिम्फोनी जेड १८ को बजार मूल्य रु ११,९९९ तोकिएको छ । आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको छ ।