• गृहपृष्ठ
  • नेप्सेमा उच्च बृद्धि , गुमाउने भन्दा कमाउने धेरै

नेप्सेमा उच्च बृद्धि , गुमाउने भन्दा कमाउने धेरै

Dec 30th, 2020

काठमाडौ, पुुस १५

नेप्से उच्च अंकले बढेको छ । नेप्से आज बुुधबार नेप्से ४९ दसमलव १७ अंकले बढेर दुुई हजार ६२ दसमलव छ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ८६ अंकले बढेर तीन सय ९१ दसमलव ३० अंकमा चढेको छ । दुुई सय आठ वटा कम्पनीहरुको ३९ हजार नौ सय ३५ पटकको कारोवारमा ९९ लाख १० हजार तीन कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब ४४ करोड ६२ लाख २२ हजार पाँच सय ७९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल र बिकास बैंक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव ६९ अंकले बढेर १५ सय ५४ दसमलव ६४ अंकमा चढेकोमा टे«डिङ, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नाराणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।