नेप्सेमा सामान्य बृद्धि

Dec 29th, 2020

काठमाडौ, पुुस १४

नेप्से सामान्य अंकले बढेको छ । आज मंगलबार नेप्से पाँच दसमलव ५७ अंकले बढेर दुुई हजार १२ दसमलव ८९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव १३ अंकले घटेर तीन सय ८२ दसमलव ४४ अंकमा झरेको छ । दुुई सय नौ वटा कम्पनीहरुको ३७ हजार नौ सय १६ पटकको कारोवारमा ८० लाख एक हजार तीन सय १४ कित्ता सेयर किनबेच भएको छ भने कुुल कारोवार रकम चार अर्ब नौ करोड २२ लाख २७ हजार आठ सय दुुई रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा आठ वटा समुहले गुमाएकाछन भने चार वटाले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव सात अंकले घटेर १५ सय २४ दसमलव पाँच अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, टे«डिङ,् होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन । निर्जिवन बीमा समुहको सुचक भने आज ११ दसमलव ८५ अंकले बढेर नौ हजार तीन सय ८९ दसमलव ६७ अंकमा चढेकोमा लघुुबित्त, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।