नेप्से ३९ अंकले घटेर पुरै रातै

Dec 27th, 2020

काठमाडौ, पुुस १२

नेप्से एकै दिन ३९ अंकले घटेर पुरै रातो भएको छ । नेप्से आईतबार ३९ दसमलव ९८ अंकले घटेर १९ सय ९८ दसमलव ६५ अंकमा झरेको छ भने सेन्सिटिभ पाँच दसमलव ३३ अंकले घटेर तीन सय ८१ दसमलव ४३ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय चार वटा कम्पनीहरुको ४२ हजार आठ सय ४२ पटकको कारोवारमा ८२ लाख ५४ हजार सात सय आठ रुपैयाँको सेयर किनबेच भएको छ भने सेयर कारोवार रकम चार अर्ब ६६ करोड ९३ लाख ६३ हजार छ सय ५८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव १२ अंकले घटेर १५ सय २४ दसमलव ३० अंकमा झर्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सोल्टी होटल लिमिटेड परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।