• गृहपृष्ठ
  • गोविन्दको ‘भट्टीवाली’ मा दुर्गेश र रियाशा (भिडियाे सहित)

गोविन्दको ‘भट्टीवाली’ मा दुर्गेश र रियाशा (भिडियाे सहित)

Dec 27th, 2020

काठमाडौ, पुस १२

आधुनिक गीत र र्याप समावेश ’भट्टीवाली’ शिर्षकको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दासको स्वर सुन्न सकिन्छ। गीतमा जगत तिरुवाको र्याप समेत समावेश छ । गीतमा शब्द परदेशमा बसेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका राम कृष्ण महराको रहेको छ । यस गीतलाई सिद्धान्त परियारले संगीतवद्द गरेका हुन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।

डान्सिङ शैलीको यस गीतमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा दुर्गेश थापा, रियाशा दाहाल, दिनेश थापा ’आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो ।