• गृहपृष्ठ
  • ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न

ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न

Dec 27th, 2020

काठमाडौ, पुुस ११

नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा सम्पन्न ह्वावे आइसिटी अवार्ड २०२० लाई अन्तराष्ट्रिय दूरसञ्चार तथा सूचना प्रविधि ब्राण्ड ह्वावेले प्रस्तुत गरेको छ ।

ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सन सहित १२ प्रतिस्प्रधिलाई अवार्ड प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश शाह, योजना आयोकका सदस्य डा राम कुमार फुयाल र हुवावे नेपालका सिइयो ज्याङ जियोजिङ लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।

अन्तराष्ट्रिय दूरसञ्चार तथा सूचना प्रविधि कम्पनी ह्वावे नेपालले नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा विगत दुई दशकदेखि उल्लेखनियरुपमा कार्य गर्दै आएको छ । कम्पनीले दूरसञ्चार क्षेत्रमा आवश्यक पर्ने प्रविधिहरुका साथै सूचना प्रविधिका नविनतम र आविश्कारिक प्रविधि, डिभाइस तथा सेवाहरु प्रदान गरिरहेको छ । ह्वावेले पछिल्लो दिनमा नयाँ प्रविधिहरु जस्तै फाइभजी, क्लाउड र एआईको प्रयोगमा जोड दिँदै डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिईराख्नेछ ।

आइसिटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट ुसञ्चै छौुदेखि डिजिटल गर्भनेन्सको उत्कृष्ट संस्था आन्तरिक राजश्व विभागससम्मले अवार्ड प्राप्त गरेका थिए । पायोनियर आइसिटी अवार्ड निलकण्ठ उप्रेतीले प्राप्त गरेभने आन्टरप्रनेर अवार्ड बिनय वोहोराले जित्न सफल भए । यसैगरी वुमन आइन आइसिटी अवार्ड तिमिला यामीले प्राप्त गरिन भने नेपाली डायस्पोरा आइसिटी अवार्ड गौरवराज उपाध्यायले जितेका छन । एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको थियो भने स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ । प्रडक्ट आइसिटी अवार्ड सिपिएफडिएस र जुरी मेन्सन आइसिटी अवार्ड हाम्रो स्वास्थले प्राप्त गरेको छ ।

यस ह्वावे आइसिटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका टप फाईभ बिजेताहरुलाई ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ । यो सँगै एनसेलले इन्नोभेसन विधाका विजेतालाई ३ लाख रुपैया रकम पनि उपलब्ध गराएको छ । नेपाल टेलिकमले सबै विजेतालाई फाइबर, जिनस सोलुसनले ५ हजार डलर बराबरको क्रेडिट, इसेवाले विजनेश प्रवद्धन निशुल्क गरेका छन ।

अवार्ड कार्यक्रममा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर विहृतरुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए । अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसन देखि सरकारीसस्थााई समेत अगाडी बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाई थियो । यसैगरी सचिव हरि बस्यालले ह्वावे जस्ता विश्वप्रसिद्ध कम्पनीहरुसग्ाँको सहकार्य र लगानीले डिजिटल नेपालको सपना पुराहुनसक्ने बताए । पुर्वमन्त्री गणेश शाह, योजना आयोगका सदस्य रामकुमार फुयाल र ह्वावेका सिइयो ज्याङपनि सम्वोधन गरेका थिए । ह्वावेका सिइयो ज्याङले नेपाललाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रधि र बलियो बनाउन सरकारसँग सहकार्य गरेर काम गर्न चाहेको बताए ।

ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ नियमित विधाहरूमा अवार्ड प्रदान गरिँदै आएकोमा यस पटक एक विधा थप गरेर जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिनेछ । ह्वावे आइसिटी अवार्ड २०२० का लागि यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो । ह्वावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी र सोही बराबर जुरी सल्लाहकार रहेका थिए ।

ह्वावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा गरिएको थियो । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेताको पनि घोषणा गरिएको छ । सोहि उत्कृष्टहरु मध्येबाट ग्राण्ड फिनालेमा सर्वोकृष्ट अवार्ड बिजेताहरुको घोषणा गरिएको हो । अवार्ड बिजेताहरुको सूची यस प्रकार रहेको छ ।

कार्यक्रममा नेपाल सरकारको निर्देशनअनुसारको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न गरिएको थियो । कोरोना महामारीको कारण यस वर्षको ह्वावे आइसिटी अवार्ड २०२० नियमित समय भन्दा ढिलो भए तापनि प्रायोजकहरु, सहयोगी संस्थाहरु र जुरीको अथक मेहनतले गर्दा अवार्ड अझ परिष्कृत रूपमा आयोजना गर्न सफल भएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

कार्यक्रम सफल रूपमा सम्पन्न गर्नका लागी आयोजक, जुरी र सल्लाहकार समितिले अथक प्रयास गरेका छन् । अवार्डमा गतवर्षभन्दा ३ गुणा बढी नोमिनेशन प्राप्त भएको र छनौट प्रक्रियाका लागि नै ४ महिनाको समय व्यतीत गरिएको थियो । २५ भन्दा बढी जुरी मिटिङहरू सम्पन्न भएका छन् । अधिकांश जुरी छनौट प्रक्रिया र मिटिङहरू सूचना प्रविधिको अधिकतम प्रयोग गरी भर्चुअल रूपमा सम्पन्न भएका थिए । ‘अवार्डको छनौट प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वासिलो बनाउन जसरी विभिन्न किसिमले प्रविधिको प्रयोग गरिएको छ, यो नेपालमा नै पहिलो पटक गरिएको छ र सबैको लागि उदाहरणीेय रहेको छ,’ जुरी संयोजक शुशिल पोखरेलले भने ।

ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले हिमालय टेलिभिजन, डिस होमका च्यानल, अनलाइनहरु, हाम्रो पात्रो एप, फेसबुक र युट्युबबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो । ह्वावेले प्रस्तुत गरेको ह्वावे आइसिटी अवार्ड २०२० मा नेपाल टेलिकम र जिनस इन एसोसिएसन र फोनपे पावर्ड बाईमा रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट कार्यक्रममा विशेष सहयोग प्राप्त रहेको थियो । यसमा एनसेल आजियाटा लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, ई–सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेश स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टिडिओ नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

अवार्डको नाम अवार्ड बिजेता
– स्टार्टअप आइसिटी अवार्ड– क्रिप्टोजेन नेपाल प्रालि
– प्रडक्ट आइसिटी अवार्ड– सीपीएफडिएस
– राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – सन्चै छौं
– एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस आइसिटी अवार्ड– पाइला इमरजेन्सी रिस्ससिटिएटर
– डिजिटल एजुकेशन अवार्ड– बुढानिलकण्ठ स्कूल
– डिजिटल गभर्नेन्स आइसिटी अवार्ड– आन्तरिक राजस्व विभाग
– पायोनियर आइसिटी अवार्ड– निलकण्ठ उप्रेति
– आन्टरप्रेनर आइसिटी अवार्ड– विनय बोहरा
– नेपाली डायस्पोरा आइसिटी अवार्ड– गौरभ राज उपाध्याय
– वुमन आइकन आइसिटी अवार्ड–तिमिला यमी थापा
– मिडिया पर्सन आइसिटी अवार्ड– किरण आचार्य (कारोबार दैनिक)
– जुरी मेन्सन आइसिटी अवार्ड– हाम्रो स्वास्थ्य


के के पाउँछन् अवार्ड विजेताले ?

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, सिल्ड बाहेक पनि अन्य धेरै कुराहरू प्राप्त गर्नेछन् ।

यस ह्वावे आइसिटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका टप फाईभ बिजेताहरुलाई ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ ।
त्यसैगरि यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ । बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बंैकले १० लाख रुपैयाँसम्म बिनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन् ।

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु द होम सेवा प्रदान गर्नेछ । जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार अमेरिकी डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ । सर्वोत्कृष्टलाई ई–सेवाले आफ्नो बिजनेश इन्टिग्रेसन र प्रबद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछन् ।

शिर्ष प्रायोजक ह्वावे नेपालको बारेमा,

अन्तराष्ट्रिय टेलिकम्युनिकेसन्स कम्पनी ह्वावे नेपाल २१ वर्षदेखि नेपालको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा सेवा गर्दै आएको छ । सन् १९९९ देखि ह्वावेले टूजी थ्रीजी फोरजी टेक्नोलोजी र सलुसनहरु नेपालमा प्रदान गर्दै आईरहेको छ । दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै ूडिजिटल नेपालू को जग निर्माण गर्न ह्वावको योगदान महत्वपुर्ण रहेको छ ।

नेपालका करिब ३ करोड भन्दा बढी जनसंख्याले ह्वावेको सलुसनबाट फाइदा पाइरहेका छन् । स्थानीय योगदानमा ह्वावेले नेपालमा विगत २१ बर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,००० भन्दा बढि रोजगारी सिर्जना गरेको छ । भविष्यमा ह्वावेले नेपाललाई नयाँ प्रविधि जस्तै फाइभजी, क्लाउड र एआईको प्रयोगमा जोड दिँदै डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ ।