• गृहपृष्ठ
  • राज्यमन्त्री मानन्धरले लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

राज्यमन्त्री मानन्धरले लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

Dec 26th, 2020

काठमाडौ, पुुस ११

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वल्र्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको शुक्रबार काठमाडौंको बालाजुस्थित अष्ठनारायण हलमा शुभारम्भ गर्नु भयो ।

नेपालका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न ६२ वटा गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्ने कार्यक्रममा मन्त्री गुरुङले नेपालको एकजना राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आट गरेर विश्वमा ख्याती कमाउने कार्यको सराहना गर्नुभयो ।

कला र संस्कृतिमा संसारभर चर्चित नेपाललाई राज्यमन्त्री रामवीर मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गर्नुभएको कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले शुभकामना व्यक्त गर्नुभयो ।

शुक्रवार दिनको १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गर्नु भएको थियो । मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड सन्सारमै पहिलो हुनसक्ने भएकाले वल्र्ड बुक रेकर्डस कायम गर्न बेलायतबाट पाँच जना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।