एकैदिन २९ अंकले घट्यो नेप्से

Dec 24th, 2020

काठमाडौ, पुुस ९

नेप्से एकैदिन २९ अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोवार दिन बिहिबार २९ दसमलव ८३ अंकले घटेर दुुई हजार ३८ दसमलव ६३ अंकमा झरेको छ भने सेन्सिटिभ तीन दसमलव ७४ अंकले घटेर तीन सय ८६ दसमलव ७६ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय चार वटा कम्पनीहरुको ४७ हजार नौ सय ७६ पटकको कारोवारमा ९८ लाख ६० हजार पाँच सय ३६ कित्ता सेयर खरिद किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ३६ करोड ९० लाख ४६ हजार तीन सय २२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ र होटल समुहको सुचक बढेको छ भने बाँकी १० वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ७६ अंकले घटेर १५ सय ४७ दसमलव ४३ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि १७ दसमलव १८ अंकले घटेर १६ सय नौ दसमलव ८१ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सोल्टी होटल लिमिटेड परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।