• गृहपृष्ठ
  • गोपालको शब्द, स्वरूपको स्वरमा ‘चोरी सुटुक्क मन’ सार्वजनिक (भिडियाे सहित)

गोपालको शब्द, स्वरूपको स्वरमा ‘चोरी सुटुक्क मन’ सार्वजनिक (भिडियाे सहित)

Dec 23rd, 2020

काठमाडौ, पुुस ८

गम्भीर बिष्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश ’चोरी सुटुक्क मन’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुगम संगीतमा आधारित यस गीतलाई वरिष्ठ शम्भुजित बास्कोटाले संगीतवद्द गरेका हुन् । गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। यस गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका हुन् ।

प्रेम सम्बन्धमा आउने उतार चढावलाई म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई लु.ज. सिंहले छायांकन गरेका हुन् । भिडियोमा सुनिल थापाको सम्पादन रहेको छ । मिना भट्टराई उत्पादक रहेको यस भिडियोलाई गजित बिस्टको निर्देशनमा तयार पारिएको हो ।