सात अंकले बढ्यो नेप्से

Dec 23rd, 2020

काठमाडौ, पुुस ८

आज बुुधबार नेप्से सात दसमलव चार अंकले बढेर दुुई हजार ६८ दसमलव ४५ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स भने आज एक दसमलव २४ अंकले घटेर तीन सय ९० दसमलव ५१ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय तीन वटा कम्पनीहरुको ५१ हजार तीन सय दुुई पटकको कारोवारमा एक करोड १५ लाख ५८ हजार नौ सय ९१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ८६ करोड २४ लाख ४५ हजार दुई सय १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा बाँणिज्य बैंक, जीवन बीमा र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बिकास बैंक समुहको सुचक १७ दसमलव ७६ अंकले घटेर २१ सय ७२ दसमलव ७६ अंकमा झरेकोमा जलबिद्युुत, निर्जिवन बीमा, लघुबित्त, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नबिल बैंक परेको भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।