• गृहपृष्ठ
  • नेप्से ३० अंकले बढ्यो, गुमाउने भन्दा कमाउने धेरै

नेप्से ३० अंकले बढ्यो, गुमाउने भन्दा कमाउने धेरै

Dec 21st, 2020

काठमाडौ, पुुस ६

नेप्से आज सोमबार भने बढेको छ । आज नेप्से ३० दसमलव ३३ अंकले बढेर १९ सय ६५ दसमलव ९६ अंकमा चढेको छ भने सेन्सिटिभ सात दसमलव एक अंकले बढेर तीन सय ७६ दसमलव ५६ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय दुुई वटा कम्पनीहरुको ६४ हजार नौ सय ३८ वटा पटकको कारोवारमा एक करोड २३ लाख ८२ हजार चार सय ८२ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम छ अर्ब ६९ करोड ८८ लाख ७४ हजार तीन सय ५४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले गुमाएकाछन भने नौ वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दसमलव छ अंकले बढेर १४ सय ७० अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि दुुई सय दुुई दसमलव ५५ अंकले बढेर १२ हजार सात सय ८१ दसमलव तीन अंकमा चडेको छ । बिकास बैंक, निर्जिवन बीमा, जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि बढेकाछन । टे«डिङ, होटल र सामुुहिक लगानी कोष समुहको सुचक भने आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।