• गृहपृष्ठ
  • ओपो एफ १७ प्रोलाई बजारमा ,अन्य भन्दा पृथक तथा लोकप्रिय बनाउन सफल ,३ विशेष फिचर्सहरु

ओपो एफ १७ प्रोलाई बजारमा ,अन्य भन्दा पृथक तथा लोकप्रिय बनाउन सफल ,३ विशेष फिचर्सहरु

Dec 20th, 2020

काठमाडौ, पुुस ५

ओपोले केही समय अगाडी सेप्टेम्बरको अन्त्यतिर आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक गरेको छ । छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति प्रदान गर्दै आइरहेको छ । उपाभेक्ताले यो ह्याण्डसेटलाई किन यत्ति रुचाइरहेका छन् त? यहाँ उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ १७ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरण भन्दा पृथक बनाउन सघाएका तीन उत्कृष्ट फिचर्सका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

१. स्लिक तथा प्रिमियम डिजाइन

७.४८ एमएम अल्ट्रा स्लिक बडी डिजाइनका कारण ओपो एफ १७ प्रो खल्ती तथा ज्याकेटमा कुनै बल्ज (फुलिएको) विना सहजै अटाउँछ । साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिन्छ । श्रेणीमै अग्रणी ७.४८ एमएम अल्ट्रा-थिन र १६४ ग्रामको अत्यधिकहल्का बडी निर्माणका लागि मेनबोर्ड, ब्याट्री लगायत अन्य सामग्री स्लिम डिजाइनमा अटाउन कम्पनीले उद्योगकै अग्रणी डिजाइनको प्रयोग यसमा गरेको छ । हातमा बोक्दा आरामदायी र स्मूथ अनुभूती दिन एफ १७ प्रो मा कम्पनीले राउन्डेड एड्ज डिजाएन प्रविधि अपनाइएको, २२० डिग्रि एड्ज प्रस्तुत गरेको छ ।

प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव पाउन् भन्ने सोचका साथ एफ १७ प्रो मा ६.४३ ईञ्चको डुअल पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी+ सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७ प्रतिसत स्क्रिन टू बडी रेसियो उपलब्ध गरिएको छ । उद्योगकै सानो ३.७ एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल पञ्च होल्सको प्रयोग गरिएको छ ।

फोनको लुक्स टे«ण्डी ब्याक कभरबिना पूरा हुनै सक्दैन । यसका लागि एफ १७ प्रो मा शाइनी म्याट रंगको प्रयोग गरिएको छ । यसले गर्दा ब्याक कभर छुँदा नरम र लोभलाग्दो लुक्स सहितको प्रिमियम िफलका साथै फिंगर प्रिन्ट रेजिस्टेन्ट पनि बनेको छ । कम्पनीले फोनलाई म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

२. अत्याधुनिक क्यामेरा प्रविधि


एफ १७ प्रोले प्रयोगकर्तालाई ब्यवसायिक झैँ देखिने तस्विर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ १७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्स पनि उपलब्ध गराउँछ ।

फोनको अग्र भागमा तस्विरमा बोके ईफेक्ट दिनका लागि हार्डवेयर लेभल प्रोसेसिंगको सुविधा प्रदानग र्ने डुअल क्याम जडान गरिएको छ । डुअल लेन्स बोकेले पोट्रेट सेल्फीतस्विरका साथै, भिडियो तथा शटमा रहेका बहुसंख्यक ब्यक्तीका लागि उपयोगी हुने गरी अपग्रेड गरिएको छ । यसमा उपलब्ध गरिएको सफ्टवेयर लेभल एआई प्रोसेशिंगले तस्विरमा रहेका ब्यक्तिको झुम्का तथा कपाल लगायत विवरणमा समेत स्पस्टता प्रदान र्दै फाइनल फूटेजमा धमिलिनबाट जोगाउँछ ।

यसमा उपलब्ध गरिएको एआई पोट्रेट कलरले पोट्रेटमा रंगलाई अझ सटिकता प्रदानगर्दै प्रयागकर्तालाई शहरी स्ट्रिट स्टाईलफोटो वा ट्राभल फोटामा पृथकता पस्कँदै नयाँपन दर्साउने अवसर उपलब्ध गराउँछ । एआई पोट्रेट कलरले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइट मार्फत म्यूट गराई तस्विरमा रहेका ब्यक्ति वा विषयहरुको वास्तविक रंगलाई एआई मार्फत थप जीवन्तता प्रदान गर्छ । यसमा रहेका क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सौन्दर्य र अनुहारका विवरणहरु बचाउँदै आकर्षक तस्विर लिन सघाउँछ । एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत स साना अनुहारका चारित्रिक विशेषताहरु स्पष्ट रुपमा प्रस्तुत गर्ने तथा पूणःनिर्माण गरी तिनको उचित प्रस्तुतिको सुनिश्चितता प्रदान गर्छ । त्यसैगरी, एआई ब्यूटीफिकेशन २.० ले प्राकृतिक स्किन टोनमा चमक प्रदा नगर्दै महिलाहरुका टिका, आँखा लगायततथा पूरुषका लागि आँखा, आँखिभौ, दाह्री(जुंगा लगायत विशेषता जोगाउन सघाउँछ ।

कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिन सघाउने सोचका साथ एफ १७ प्रो मार्फत उपलब्धग रिएको एआई नाइट फ्लेर पोट्रेटले लोलाईट एचडीआर अल्गोरिथमर बोके ईफेक्टको संयुक्त प्रयोग मार्फत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रप मार्फत पोटे«टमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्विर लिन सघाउँछ । बोके ईफेक्ट मन नपराउनेहरुका लागि साँझपख कम प्रकाश उपलब्ध भएका अवस्थामा समेत चहकिला र स्पष्ट तस्विर लिनयसमा रहेको एआई सुपर नाइट पोट्रेटले सहजता प्रदान गर्छ ।

यसमा रहेको तेस्रो पुस्ताको अल्ट्रा स्टिडी भिडियोले प्रयोगकर्तालाई स्थिर, स्पष्ट र चहकिला आकर्षक भिडियो ब्लगखिच्न सघाउँछ । यो फिचरले फ्रण्ट फेसिंग क्यामेरामा उपलब्ध गायरोस्कोप र ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेशन अल्गोरिथमको समायोजन गर्ने हार्डवेयर सोल्यूशनको प्रयोग मार्फत हिँड्दा हिँड्दै वा दौडदै गरेको अवस्थामा समेत थरकाई रहित स्मूथ भिडियो फूटेज लिन मद्दत गर्छ ।

३. ३० वाट भोक फ्ल्याश चार्ज ४.०

ओपोको स्वामित्वमा रहेको ३०वाट भोक फ्ल्याश चार्ज ४.० ¥यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ४ घण्टाको टक टाइम वाथपदूई घण्टा ईन्स्टाग्राम ब्राउजिंग, वा ३५ मिनेट पब्जी गेमिङको मज्जालिने अवसर प्रदान गर्छ । जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङ कै समयमा पनि विना िचन्ता ब्याट्री चार्ज गरी गेमका विचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ ।

यो चार्जिंग प्रविधितिब्र हुनुका साथै सुरक्षित पनि छ । यसले चार्जिङका समयमा फोन अत्यधिक मात्रामा तात्ने समस्याबाट पनि छुटकारा प्रदान गर्छ । यसले आद्रता भएको अवस्थामा आद्रताको पहिचान गरी उपभोक्तालाई सजग गराउने तथा तत्सभ्भव फोन चार्जिङ रोकीफोन तथा ब्याट्रीलाई सुरक्षा समेत प्रदान गर्छ ।

यस प्रविधिले उपलब्ध गराउने एआई नाइट चार्जिंगले प्रयोगकर्ताको सुताई बान्की (स्लिपिंग प्याटर्न) का आधारमा प्रयोगकर्ता ब्यूँझने समयको मापन गरी सोही समयमा ब्याट्रीलाई १०० प्रतिसत चार्ज हुने ब्यवस्था मिलाउँछ । यसमा रहेको सुपर पावर सेभिङ मोडले दिनको समयमा फोनमा ब्याट्री कम रहँदा अन्तिम ५ प्रतिसत ब्याट्रीलाई डिस्प्लेलाई ब्ल्याक एण्ड ह्वाइटमा परिवर्तन गर्दै पूर्व निर्धारित ६ ओटा एप्स चलाउन मिल्नेगरी समायोजन गरी दिन्छ । फलस्वरुप फोनका ब्याट्री अन्य सेटिङका तुलनामा लामो समयसम्म टिक्छ ।

मूल्य :ओपो एफ १७ प्रो नेपालभर ४३ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध छ । त्यसैगरी, ओपो एफ १७ को मूल्यभने ३३ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।