नेप्सेमा भिषण पहिरो

Dec 20th, 2020

काठमाडौ, पुस ५

नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज आईतबार एकै दिन ९६ दसमलव ८८ अंकले घटेर १९ सय ३५ दसमलव ६३ अंंकमा झरेको छ भने सेन्सिटिभ १६ दसमलव ३९ अंकले घटेर तीन सय ६९ दसमलव ५५ अंकमा झरेको छ । नेप्सेमा आज एक सय ९८ वटा कम्पनीहरुको ७९ हजार नौ सय ६७ पटकको कारोवारमा एक करोड ४५ लाख नौ हजार पाँच सय ३३ कित्ता सेयर किनबेच भएको छ भने नौ अर्ब चार करोड ७९ लाख २७ हजार पाँच सय ४७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार हुुंदा सबै समुहको सुचक घटेर पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैक समुहको सुचक ४४ दसमलव ३३ अंकले घटेर १४ सय ४८ दसमलव ९४ अंकमा झर्दा बिकास बैक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा युनाईटेड ईर्दी मर्दी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सुुर्योदय लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।