एकै दिन २२ अंकले घट्यो नेप्से

Dec 17th, 2020

काठमाडौ, पुुस २

नेप्से आज बिहिबार २२ दसमलव सात अंकले घटेर दुुई हजार ३२ दसमलव ५१ अंकमा पुुगेको छ । आज सेन्सिटिभ पनि एक दसमलव चार अंकले घटेर तीन सय ८५ दसमलव ९४ अंकमा पुुगेको छ । नेप्सेमा आज एक सय ९५ वटा कम्पनीहरुको ६१ हजार छ सय चार पटकको कारोवारमा एक करोड ४१ लाख १४ हजार चार सय ६० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम छ अर्ब ७६ करोड ९८ लाख ९० हजार आठ सय १५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा लघुुबित्त समुहको सुचक झिनो अंकले बढेर हरियो देखिएपनि बाँकी समुहको सुचक भने घटेर रातै देखिएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव चार अंकले घटेर १४ सय ९३ दसमलव २७ अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा महुुली सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।