नेप्सेमा छ अंकले गिरावट

Dec 16th, 2020

काठमाडौ, पुुस १

नेप्से आज बुधबार छ दसमलव दुुई अंकले घटेर दुुई हजार ५५ दसमलव २२ अंकमा झरेको छ । आज सेन्सिटिभ पनि शुन्य दसमलव ४३ अंकले घटेर तीन सय ८६ दसमलव ९८ अंकमा झरेको छ । एक सय ९९ वटा कम्पनीहरुको ४९ हजार एक सय ५९ पटकको कारोवारमा एक करोड पाँच लाख ५८ हजार तीन सय ९१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार पाँच सय ७८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा सात वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९५ अंकले बढेर १५ सय चार दसमलव ६७ अंकमा चढेकोमा बिकास बैंक, उत्पादनमुुलक, लघुबित्त, टे«डिङ, होटल र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज २४ दसमलव ३६ अंकले घटेर १६ सय ८० दसमलव ९२ अंकमा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुुचीमा महुुली लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल क्रेडिट एण्ड कर्मश बैंक परेको छ ।